Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Madira Napiun Ta

👤 Phatteman 🎼 Remembering Phatteman ⏱️ 6:20
🎵 959 characters
⏱️ 6:20 duration
🆔 ID: 11335944

📜 Lyrics

मदिरा नपिउँ त के पिउँ विष पिउने आँट भएन
बेहोश नभई एक क्षण पनि जिउने आँट भएन

रहरले होइन उनकै यादले मलाई पिलाउँछ
उनले गरेको विश्वासघातले मलाई पिलाउँछ
यति मात्र होइन हर दिनरातले मलाई पिलाउँछ
यति घाउ छन् कि मनमा कहीँ सिउने आँट भएन

अब त लौ कसैले साथ दिने आश पनि गो
प्याला समाउने हातमा हात दिने आश पनि गो
वसन्तले फूल त के पात दिने आश पनि गो
यति पीर छन् कि होशमा अब रुने आँट भएन

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings