Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

मेरो देश

👤 Ashutosh KC 🎼 मेरो देश ⏱️ 4:01
🎵 2959 characters
⏱️ 4:01 duration
🆔 ID: 11787948

📜 Lyrics

Foeseal

बोल्दाखेरि अर्कै कुरा यहाँ (यहाँ)
मनभित्र कुरा छुट्टै (छुट्टै)
हाम्रो कल्ले सुन्छ कुरा यहाँ? (यहाँ)
सुन्नेहरू मस्त सुत्दै

धूलो धेरै छ यहाँ, सास फेर्न गाह्रो छ
कहिले होला सुख पाउने?
तिमीलाई त न्यानो होला, हामीलाई यहाँ जाडो छ
अरूलाई किन दोष लाउने?

कहिलेसम्म सही बस्नु? चुप लाग्नु अब पाइँदैन
देशै यहाँ डब्नै लाग्यो, पौडी मलाई खेल्न आउँदैन
मेरो देश, hmm

छोरीहरू हिँड्न डर यहाँ (यहाँ)
अपराधी खुल्ला घुम्दै (घुम्दै)
सुविधाबिनाको कर यहाँ (यहाँ)
मार्ने भयो राखी जिउँदै

जागिर पाउन पढाइ हैन, मान्छे चिन्नु मतलब छ
त्यसै किन खाँडी पस्नु म?
बल्लतल्ल पाको जागिर, १५ हजार तलब छ
त्यतिमा खानु कि बस्नु म?

कहिलेसम्म सही बस्नु? चुप लाग्नु अब पाइँदैन
देशै यहाँ डब्नै लाग्यो, पौडी मलाई खेल्न आउँदैन
मेरो देश, hmm

सवारीमा बाटो बन्द यहाँ (यहाँ)
हामी भने बाटो कुर्दै (कुर्दै)
बहिनीलाई छोयो रे कल्ले, कहाँ (कहाँ)
आइन् हेर म कहाँ रुँदै (दाइ!)

सोच्दै हिँड्छिन् अब त समाजले के भन्दछ
न्याय पाउन गोर्खै जानु अब?
आमा मेरो बिरामी छिन्, बाटो भने बन्द छ
अस्पताल कसरी लानु म?

कहिलेसम्म सही बस्नु? चुप लाग्नु अब पाइँदैन (पाइँदैन)
देशै यहाँ डब्नै लाग्यो, पौडी मलाई खेल्न आउँदैन
कहिलेसम्म सही बस्नु? चुप लाग्नु अब पाइँदैन
देशै यहाँ डब्नै लाग्यो, पौडी मलाई खेल्न आउँदैन
मेरो देश, हो, नेपाल

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings