Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kahan Dekhi Kahan Samma

👤 Sabin Rai 🎼 Rangamanch Ko Rang ⏱️ 4:30
🎵 2456 characters
⏱️ 4:30 duration
🆔 ID: 12025866

📜 Lyrics

कहाँदेखि कहाँसम्म आइपुग्यौँ हामी?
आज सबै एकै ठाउँमा, भोलि काँ जानी?

कहाँदेखि कहाँसम्म आइपुग्यौँ हामी?
आज सबै एकै ठाउँमा, भोलि काँ जानी?
भोलि कसले देख्या छ र? कसले जान्या छ र?
रमाइलो गर्ने यही हो बेला मन खोलेर, yeah

आउँदैन फेरि-फेरि यो मौका, नछुटाऊ तिमी एकछिन पनि
याद रहोस् सारा जिन्दगी

हिजोको दिन सम्झनु मीठो, आजको दिन भोलि
कति यादहरू रमाइलो लाग्छ सम्झनु पनि, yeah

आफ्नो-आफ्नो बाटो जानु छ यादहरू पछाडि छोड्दै
याद रहोस् सारा जिन्दगी

सुखदुःख जिन्दगीको सिक्काको दुई पाटो हो
जस्तो गर्छौ त्यस्तै पाउँछौ, तिम्रो कर्मको फल हो त्यो, yeah
यही हो जीवनको नियम, हामीले निभाउनु छ
यसरी नै सारा जीवन हामीले गुजार्नु छ

आज हामी सबै सामेल छौँ यहाँ जीवनको यो दौडमा
याद रहोस् सारा जिन्दगी

कहाँदेखि कहाँसम्म आइपुग्यौँ हामी?
आज सबै एकै ठाउँमा, भोलि काँ जानी?
भोलि कसले देख्या छ र? कसले जान्या छ र?
रमाइलो गर्ने यही हो बेला मन खोलेर, yeah

आउँदैन फेरि-फेरि यो मौका, नछुटाऊ तिमी एकछिन पनि
याद रहोस् सारा जिन्दगी

ना-ना, ना-ना-ना-ना-ना, ना-ना-ना, ना-ना-ना
ना-ना-ना-ना, ना-ना-ना-ना-ना, ना-ना, yeah
Oh yeah

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings