Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Pirim Nalaune

👤 Aashish Sachin, Melina Rai 🎼 Pirim Nalaune ⏱️ 4:25
🎵 4447 characters
⏱️ 4:25 duration
🆔 ID: 12377529

📜 Lyrics

दारी फुले बैँसैमा, चस्मा लाउँछौ power
दुई दिन गाउँमा बस्दैनौ, सुईकिहाल्छौ लावर
दारी फुले बैँसैमा, चस्मा लाउँछौ power
दुई दिन गाउँमा बस्दैनौ, सुईकिहाल्छौ लावर

तिन वर्षमा एक महिना नि गाउँमा नआउनी
क्यारी होला यस्तासँग माया पलाउनी?
भैगोभैगो, तिमीसँग पिरीम नलाउनी
तिन वर्षमा एक महिना नि गाउँमा नआउनी
क्यारी होला यस्तासँग माया पलाउनी?
भैगोभैगो, तिमीसँग पिरीम नलाउनी
अहँ, भैगोभैगो, तिमीसँग पिरीम नलाउनी

अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है
त्यो भाग्यमा मै होला, कसरी पो टर्छ खै?
अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है
त्यो भाग्यमा मै होला, कसरी पो टर्छ खै?

एक दिन मन पगाल्दिन्छु फकाईफकाई
लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
नमानेमा जबरजस्ती लान्छु भगाई
एक दिन मन पगाल्दिन्छु फकाईफकाई
लिन आउछु घरमा तिम्लाई बाजा बजाई
नमानेमा जबरजस्ती लान्छु भगाई
नमानेमा जबरजस्ती लान्छु भगाई

सद्धे भाको पाइन्ट दश ठाँउमा टालेर
किन मेरै पछि हिड्छौ ज्यानै फालेर? (हिँड्छौँ ज्यानै फालेर)
मुसुराको दालमा नुनपानी हालेर
आगो लगाई लगाई लान्छु तिमीलाई गालेर
गाउँकै सिधासाधा खोज्छु आटो पिठो खाको
म पनि त गाउँकै हुँ नि लाहुर मात्रै गाको

तिन वर्षमा एक महिना नि गाउँमा नआउनी
क्यारी होला यस्तासँग माया पलाउनी?
भैगोभैगो, तिमीसँग पिरीम नलाउनी
एक दिन मन पगाल्दिन्छु फकाईफकाई
लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
नमानेमा जबरजस्ती लान्छु भगाई
नमानेमा जबरजस्ती लान्छु भगाई

बाबियाको डोरी, घाँसको भारी बानेर
राम्रा जति आफ्नै नहिँड भो ठानेर (नहिँड भो ठानेर)
बटौलीको बास, गोरखपुरे रेलैमा
यस्ता मौका आउन्नन् सोची हाल बेलैमा
जबरजस्ती गरि माया कहाँ पाइन्छ र?
लाटोसिधा भै माया कहाँ लाइन्छ र?

तिन बर्षमा एक महिना नि गाउँमा नआउनी
क्यारी होला यस्तासँग माया पलाउनी?
भैगोभैगो, तिमीसँग पिरीम नलाउनी

एक दिन मन पगाल्दिन्छु फकाईफकाई
लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
नमानेमा जबरजस्ती लान्छु भगाई

भैगोभैगो, तिमीसँग पिरीम नलाउनी
नमानेमा जबरजस्ती लान्छु भगाई

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings