Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Eenar Banauxu

👤 Yash Kumar 🎼 Tirkha ⏱️ 4:10
🎵 2493 characters
⏱️ 4:10 duration
🆔 ID: 14729084

📜 Lyrics

ओ (ला-ला-ला, ला-ला-ला)
आ (ला-ला-ला, ला-ला-ला)

म आफ्नै आँगनमा इनार बनाउँछु
मेरो भगवानलाई मेरै छातीमा सजाउँछु
म आफ्नै आँगनमा इनार बनाउँछु
मेरो भगवानलाई मेरै छातीमा सजाउँछु
मलाई धारामा रोक, चाहे मन्दिरमा छेक
म आफ्नै बेग्लै संसार बनाउँछु

म आफ्नै आँगनमा इनार बनाउँछु
मेरो भगवानलाई मेरै छातीमा सजाउँछु
मलाई धारामा रोक, चाहे मन्दिरमा छेक
म आफ्नै बेग्लै संसार बनाउँछु

जहाँ बोली मात्र छ, व्यवहार छैन
जहाँ मान्छेलाई मान्छेले मान्छे सोचिन्न
जहाँ बोली मात्र छ, व्यवहार छैन
जहाँ मान्छेले मान्छेलाई मान्छे सोचिन्न

म यस्तो नगरमा कसरी रमाउँछु?
त्यसैले अलग्गै दुनियाँ सजाउँछु
मलाई धारामा रोक, चाहे मन्दिरमा छेक
म आफ्नै बेग्लै संसार बनाउँछु

म आफ्नै आँगनमा इनार बनाउँछु
मेरो भगवानलाई मेरै छातीमा सजाउँछु
मलाई धारामा रोक, चाहे मन्दिरमा छेक
म आफ्नै बेग्लै संसार बनाउँछु

आमा, मलाई कहाँ जन्म दियौ?
यो संसारमा म जिउन सकिन
बाबा, मलाई कस्तो कर्म दियौ?
यो दुनियाँमा म रम्न सकिन

ए आमा, मलाई कहाँ जन्म दियौ?
यो संसारमा म जिउन सकिन
ए बाबा, मलाई कस्तो कर्म दियौ?
यो दुनियाँमा म रम्न सकिन

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings