Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Pratibimba - Rock

👤 Cobweb 🎼 Astitwa (Rock) ⏱️ 4:46
🎵 1747 characters
⏱️ 4:46 duration
🆔 ID: 18077536

📜 Lyrics

मेरो अचेत प्रतिबिम्ब
म हास्दा हास्न छोड्यो
शब्दमा अल्झिरहदा
अर्थको भार छुट्न पुग्यो
मेरो सचेत निराशा
मसंग जुध्न छोड्यो
अतितलाई फर्केर हेर्दा
मिठासको कमि गुन्जियो
मेरो अचेत प्रतिबिम्ब

आक्रोशमा छ मेरो छाया
टाढिएको मेरो शरीर
एक्लो र सुनसान यहाँ
म र मेरो प्रतिबिम्ब
म र मेरो प्रतिबिम्ब

यी सोचहरु नौला पुराना छन
प्रत्यक्ष जीवन हुदाहुदै पहिचान बारे सोच्न थाल्छ
जीवनको अन्त्य अगन्य हुन्छ
आफ्नो रोजाई खोज्न थाल्छ

आक्रोशमा छ मेरो छाया
टाढिएको मेरो शरीर
एक्लो र सुनसान यहाँ
म र मेरो प्रतिबिम्ब
म र मेरो प्रतिबिम्ब
म र मेरो प्रतिबिम्ब
म र मेरो प्रतिबिम्ब

मेरो अन्धो यो आत्मविश्वास
म लड्दा उठ्न छोड्यो
इच्छालाई साचेर राख्दा
समयको साथ छुट्न पुग्यो
मेरो अचेत प्रतिबिम्ब

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings