Lau Suna Ma Bhanchhu
🎵 1359 characters
⏱️ 5:36 duration
🆔 ID: 23204815
📜 Lyrics
लौ सुन! म भन्छु मेरो रामकहानी
त्यो एकदिनको घाम, सयौँदिनको पानी
लौ सुन! म भन्छु मेरो रामकहानी
म उठ्दा आकाशले मलाई थिचिदिन्छ
अघि बढ्दा धर्ती मलाई खाल्डो खन्छ
म रोएँ यी आँसु रित्याउऊँ भनेर
तर आँसुले नै मलाई नै डुबाउँछ
यो बिधुवाको सिउँदो कि मेरो निसानी?
त्यो एक दिनको घाम, सयौँदिनको पानी
लौ सुन! म भन्छु मेरो रामकहानी
तेरो आश्वासनमा मैले बाँची हेरेँ
मैले आगोमाथि पनि नाची हेरेँ
जीवनलाई चारैतिरबाट हेरेँ
केवल म बिरानो, सबै नौलो पाएँ
यही गीत साँचेँ पछिलाई निसानी
त्यो एकदिनको घाम, सयौँदिनको पानी
लौ सुन! म भन्छु मेरो रामकहानी
त्यो एकदिनको घाम, सयौँदिनको पानी
लौ सुन! म भन्छु मेरो रामकहानी
म उठ्दा आकाशले मलाई थिचिदिन्छ
अघि बढ्दा धर्ती मलाई खाल्डो खन्छ
म रोएँ यी आँसु रित्याउऊँ भनेर
तर आँसुले नै मलाई नै डुबाउँछ
यो बिधुवाको सिउँदो कि मेरो निसानी?
त्यो एक दिनको घाम, सयौँदिनको पानी
लौ सुन! म भन्छु मेरो रामकहानी
तेरो आश्वासनमा मैले बाँची हेरेँ
मैले आगोमाथि पनि नाची हेरेँ
जीवनलाई चारैतिरबाट हेरेँ
केवल म बिरानो, सबै नौलो पाएँ
यही गीत साँचेँ पछिलाई निसानी
त्यो एकदिनको घाम, सयौँदिनको पानी
लौ सुन! म भन्छु मेरो रामकहानी