Pinjadako Suga
🎵 1485 characters
⏱️ 4:47 duration
🆔 ID: 23884780
📜 Lyrics
बालक बबुरो दृष्टीको नाम
हुँ म परेको छु पिंजडामा
मकन, हरे शिव, शान्ति र चैन
सपना बिच पनि रति भर छैन
मेरा बान्धव बाबु र आमा
बस्छन् वनका एक कुनामा
को सित पोखुँ मनको ताप?
गर्दै पिजडा बाट बिलाप
आँशु बगाई कहिले रुन्छु
कहिले मुर्दा तुल्य म हुन्छु
कहिले पागल सरि उफ्रन्छु
केवल वनको सुख सम्झन्छु
फलफुल खाइ नित्य रमाई
वनमा फिर्ने बबुरालाई
विधिले पार्यो पिंजडा भित्र
कर्म हरे शिव हुन्छ बिचित्र
कति डुल्दो? कति फिर्दो?
कति देशान्तर डुल्दछु?
दैब हरे किन बालकलाई बन्धन पर्यो व्यर्थ मलाई?
शीतल पहाडी कुन्ज निवासी
भोजन मिठा पलको खास
ति सब हुन कि आज बिनाश?
बाँकी छ एकै मनको त्राश
जागित्री
हुँ म परेको छु पिंजडामा
मकन, हरे शिव, शान्ति र चैन
सपना बिच पनि रति भर छैन
मेरा बान्धव बाबु र आमा
बस्छन् वनका एक कुनामा
को सित पोखुँ मनको ताप?
गर्दै पिजडा बाट बिलाप
आँशु बगाई कहिले रुन्छु
कहिले मुर्दा तुल्य म हुन्छु
कहिले पागल सरि उफ्रन्छु
केवल वनको सुख सम्झन्छु
फलफुल खाइ नित्य रमाई
वनमा फिर्ने बबुरालाई
विधिले पार्यो पिंजडा भित्र
कर्म हरे शिव हुन्छ बिचित्र
कति डुल्दो? कति फिर्दो?
कति देशान्तर डुल्दछु?
दैब हरे किन बालकलाई बन्धन पर्यो व्यर्थ मलाई?
शीतल पहाडी कुन्ज निवासी
भोजन मिठा पलको खास
ति सब हुन कि आज बिनाश?
बाँकी छ एकै मनको त्राश
जागित्री