Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Atma ko Awaj

👤 Neetesh Jung Kunwar 🎼 Alter Phase II ⏱️ 4:14
🎵 7283 characters
⏱️ 4:14 duration
🆔 ID: 26220836

📜 Lyrics

यो सन्देश त्यो व्यक्तिकोलागि हो
जो बन्द कोठामा बसेर आफूले आफैँलाई धिक्कार्दै छ
विगतमा घटिसकेका घटनाहरु सम्झेर
अमूल्य वर्तमानलाई नकार्दै छ

यो सन्देश हो त्यो निर्दोष मूर्खको लागी
जसलाई थाहा छैन की भविष्यमा के छ लेखिएको
स्वतन्त्रतालाई अँगाल्दै, आफ्नो उद्देश्य खोज्ने क्रममा
पापी समाजद्वारा हेपिएको

आज आएर म हारेछु भन्दै निराश कहिल्यै नहुनु तिमी
असफलताको भडास पोखी, झोक्राएर नरुनु तिमी
हेर, तिमी छौ त यो संसार छ, साथीभाइ छ्न्, सुखी परिवार छ
छैनौ त सबैतिर अन्धकार छ
किनकी तिमीले सजाएको दुनिया
त्यो तिमीसँग मात्र छ र तिमीसँगै हुने छ

आफ्नो चाहना अनुसार तिमी यसलाई बदल्न सक्छौ भने
बिनाश गर्नतिर किन लाग्छौ?
बूढापाखा भन्ने गर्छन्
समय र धन
यी दुई चिजहरुले मानिसलाई कहिल्यै पुग्दैन
एता पैसा कमाईराछौ, ऊता उमेर ढल्कीँदै छ

सोचमाथी सोच थपिँदै छ, निंद्रा राम्ररी लग्दैन
र एकदिन एक्कासी ऐनामा हेरेर भन्न थाल्छौ
थुक्क म धनी त भए
तर धनको लोभले आज मलाई गरिब बनाइदियो
एक्लो छाडिदियो
फेरी सबैलाई यस्तो हूँदैन
किनकी धन कती महत्त्वपूर्ण छ भनेर तब थाहा पाईन्छ
जब आवश्यक परेको क्षणमा तिम्रो हातमा हुँदैन

त्यसैले जिवनको हरेक कदममा योसँग
जोडिएका कुराहरुलाई हामीले आदर गर्न सिक्नुपर्छ
सबैको आफ्नो आफ्नै बित्तिय आवस्थासँगै
बेग्लाबेग्लै बिचार रहेका हुन्छन्
जुन कुरा तिमीसँग छैन
त्यही कुरा अरुसँग छ भन्दैमा
त्यो खुसी छ, म दुखी छु भन्न कदापी मिल्दैन

तिमी तिमी हौ, चाहे लाखौँ कोशिश गरौँ, म तिमी हूँन सक्दिन
तिम्रो नक्कल गर्न सकूँला
तर तिम्रो आत्मालाई आफ्नो नियन्त्रणमा लिन सक्दिनँ
एकअर्का भन्दा कम अथवा बेसी हुने मन्च
जसलाई अंग्रेजीमा हामी platform भन्ने गर्छौँ
त्यो हामी आफैले बनाको हो

एथार्थमा भन्नुपर्दा भिन्नता नै हामी बिचरहेको समानता हो
अचेलको जमाना internet ले सजिएको छ
मानिसहरु माया र दोस्तीभन्दा पनी बढी
लाइक र कमेन्टको पछाडी भाग्ने गर्छन्
Facebook र Instagram जुन फोटो देख्दा वाह लाग्छ नी
वास्तविक जीवनमा त्यस्तो हुँदैन
राखिएका अनेकौ फिल्टरहरुले गर्दा
आफ्नै आँखमाथी बिश्वास लाग्न छोडिसक्यो

कठ्ठै बरी! बाउले भनेको अर्थीउपदेश सुन्न झर्को लाग्छ
तर कोही नचिन्ने मान्छेको भनाईलाई मनमै
लिएर हामी आफ्नै रुप बदल्न तिर लाग्छौँ
र अन्त्यमा त्यो अन्जानलाई याद पनी हूँदैन उस्ले के लेखेको थियो भनेर
जती डुब्यो त्यती गहिरो छ यसको गहनता
आखिरमा सदूपयोग गर्यो भने हामी सबैको भलो हुनेछ
त्यसैले सतहमै बसेर तैरिन सिकौँ
जिन्दगीको अनगिन्ती मोडहरुमा केहि
व्यक्तिहरुसँग हाम्रो नाम जोड्ने गर्दछ
भावनात्मक भएर उनीहरुसँग हामी धेरै वचनहरु साट्न पुग्छौँ

तर यती याद गर्न जरुरी छ
जसलाई मायाको सुख महसुस गर्ने आँट छ नी
उसलाई बिछोडको पिडा खप्ने सहनशीलता उत्तिकै महत्त्वपूर्ण छ
गल्ती चाहे तिमी बाट होस, चाहे तिम्रो साथीबाट
गल्ती गर्दैमा मानिस गलत कहील्यै हुदैन

तिम्रो चाहनाभन्दा पनि ठुलो उसको खुसी हो
जन्म दिएकी आमाको त आफ्नो सन्तानमा पुरै हक हूँदैन भने
तिमीले कसरी उसलाई त मेरो हो भन्न मिल्छ?
भनिन्छ माया नै सबैभन्दा ठुलो कुरो हो
तर मायाभन्दा पनि ठुलो हो मानवता

अब उठ साथी, हरेश खाएर के गर्नू?
सपना देख्ने भित्तामा, झुण्डिएर के मर्नू?
दुश्मन रहेछन् मित्रहरू, छाडी गए राम्रै भो
यहाँ जस्ले जसलाइ सम्झाई राछ त्यो दुबै रूप
तिम्रै हो

⏱️ Synced Lyrics

[00:02.95] यो सन्देश त्यो व्यक्तिकोलागि हो
[00:05.78] जो बन्द कोठामा बसेर आफूले आफैँलाई धिक्कार्दै छ
[00:10.42] विगतमा घटिसकेका घटनाहरु सम्झेर
[00:13.72] अमूल्य वर्तमानलाई नकार्दै छ
[00:16.93] यो सन्देश हो त्यो निर्दोष मूर्खको लागी
[00:20.09] जसलाई थाहा छैन की भविष्यमा के छ लेखिएको
[00:24.73] स्वतन्त्रतालाई अँगाल्दै, आफ्नो उद्देश्य खोज्ने क्रममा
[00:28.90] पापी समाजद्वारा हेपिएको
[00:32.42] आज आएर म हारेछु भन्दै निराश कहिल्यै नहुनु तिमी
[00:38.73] असफलताको भडास पोखी, झोक्राएर नरुनु तिमी
[00:44.58] हेर, तिमी छौ त यो संसार छ, साथीभाइ छ्न्, सुखी परिवार छ
[00:51.67] छैनौ त सबैतिर अन्धकार छ
[00:55.05] किनकी तिमीले सजाएको दुनिया
[00:58.19] त्यो तिमीसँग मात्र छ र तिमीसँगै हुने छ
[01:02.33] आफ्नो चाहना अनुसार तिमी यसलाई बदल्न सक्छौ भने
[01:06.17] बिनाश गर्नतिर किन लाग्छौ?
[01:09.56] बूढापाखा भन्ने गर्छन्
[01:11.85] समय र धन
[01:14.03] यी दुई चिजहरुले मानिसलाई कहिल्यै पुग्दैन
[01:17.45] एता पैसा कमाईराछौ, ऊता उमेर ढल्कीँदै छ
[01:22.84] सोचमाथी सोच थपिँदै छ, निंद्रा राम्ररी लग्दैन
[01:27.40] र एकदिन एक्कासी ऐनामा हेरेर भन्न थाल्छौ
[01:31.36] थुक्क म धनी त भए
[01:34.17] तर धनको लोभले आज मलाई गरिब बनाइदियो
[01:38.81] एक्लो छाडिदियो
[01:40.58] फेरी सबैलाई यस्तो हूँदैन
[01:43.35] किनकी धन कती महत्त्वपूर्ण छ भनेर तब थाहा पाईन्छ
[01:47.01] जब आवश्यक परेको क्षणमा तिम्रो हातमा हुँदैन
[01:51.03] त्यसैले जिवनको हरेक कदममा योसँग
[01:54.61] जोडिएका कुराहरुलाई हामीले आदर गर्न सिक्नुपर्छ
[01:58.67] सबैको आफ्नो आफ्नै बित्तिय आवस्थासँगै
[02:01.49] बेग्लाबेग्लै बिचार रहेका हुन्छन्
[02:03.89] जुन कुरा तिमीसँग छैन
[02:06.49] त्यही कुरा अरुसँग छ भन्दैमा
[02:08.52] त्यो खुसी छ, म दुखी छु भन्न कदापी मिल्दैन
[02:13.03] तिमी तिमी हौ, चाहे लाखौँ कोशिश गरौँ, म तिमी हूँन सक्दिन
[02:18.58] तिम्रो नक्कल गर्न सकूँला
[02:20.55] तर तिम्रो आत्मालाई आफ्नो नियन्त्रणमा लिन सक्दिनँ
[02:24.24] एकअर्का भन्दा कम अथवा बेसी हुने मन्च
[02:27.30] जसलाई अंग्रेजीमा हामी platform भन्ने गर्छौँ
[02:30.89] त्यो हामी आफैले बनाको हो
[02:33.52] एथार्थमा भन्नुपर्दा भिन्नता नै हामी बिचरहेको समानता हो
[02:39.28] अचेलको जमाना internet ले सजिएको छ
[02:43.25] मानिसहरु माया र दोस्तीभन्दा पनी बढी
[02:46.92] लाइक र कमेन्टको पछाडी भाग्ने गर्छन्
[02:50.41] Facebook र Instagram जुन फोटो देख्दा वाह लाग्छ नी
[02:55.62] वास्तविक जीवनमा त्यस्तो हुँदैन
[02:58.29] राखिएका अनेकौ फिल्टरहरुले गर्दा
[03:01.37] आफ्नै आँखमाथी बिश्वास लाग्न छोडिसक्यो
[03:04.75] कठ्ठै बरी! बाउले भनेको अर्थीउपदेश सुन्न झर्को लाग्छ
[03:09.04] तर कोही नचिन्ने मान्छेको भनाईलाई मनमै
[03:11.91] लिएर हामी आफ्नै रुप बदल्न तिर लाग्छौँ
[03:15.75] र अन्त्यमा त्यो अन्जानलाई याद पनी हूँदैन उस्ले के लेखेको थियो भनेर
[03:21.90] जती डुब्यो त्यती गहिरो छ यसको गहनता
[03:26.78] आखिरमा सदूपयोग गर्यो भने हामी सबैको भलो हुनेछ
[03:32.06] त्यसैले सतहमै बसेर तैरिन सिकौँ
[03:36.58] जिन्दगीको अनगिन्ती मोडहरुमा केहि
[03:40.64] व्यक्तिहरुसँग हाम्रो नाम जोड्ने गर्दछ
[03:44.08] भावनात्मक भएर उनीहरुसँग हामी धेरै वचनहरु साट्न पुग्छौँ
[03:48.82] तर यती याद गर्न जरुरी छ
[03:51.45] जसलाई मायाको सुख महसुस गर्ने आँट छ नी
[03:54.86] उसलाई बिछोडको पिडा खप्ने सहनशीलता उत्तिकै महत्त्वपूर्ण छ
[03:59.71] गल्ती चाहे तिमी बाट होस, चाहे तिम्रो साथीबाट
[04:04.25] गल्ती गर्दैमा मानिस गलत कहील्यै हुदैन
[04:08.05] तिम्रो चाहनाभन्दा पनि ठुलो उसको खुसी हो
[04:11.83] जन्म दिएकी आमाको त आफ्नो सन्तानमा पुरै हक हूँदैन भने
[04:16.38] तिमीले कसरी उसलाई त मेरो हो भन्न मिल्छ?
[04:19.94] भनिन्छ माया नै सबैभन्दा ठुलो कुरो हो
[04:23.29] तर मायाभन्दा पनि ठुलो हो मानवता
[04:28.32] अब उठ साथी, हरेश खाएर के गर्नू?
[04:32.24] सपना देख्ने भित्तामा, झुण्डिएर के मर्नू?
[04:36.18] दुश्मन रहेछन् मित्रहरू, छाडी गए राम्रै भो
[04:40.85] यहाँ जस्ले जसलाइ सम्झाई राछ त्यो दुबै रूप
[04:45.53] तिम्रै हो
[04:47.24]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings