Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Nachahadain Kati Kura

👤 Phatteman 🎼 Remembering Phatteman ⏱️ 5:04
🎵 1820 characters
⏱️ 5:04 duration
🆔 ID: 30192171

📜 Lyrics

नचाहँदै कति कुरा
सबले स्वीकार गर्नु पर्छ
संसारमा जन्मेपछि
एकदिन सबले मर्नु पर्छ
नचाहँदै कति कुरा
सबले स्वीकार गर्नु पर्छ
संसारमा जन्मेपछि
एकदिन सबले मर्नु पर्छ

एकै ज्यान भई कसैसँग
हुनु पर्छ आधी आधी
एकै ज्यान भई कसैसँग
हुनु पर्छ आधी आधी
जति गाढा माया पनि
भुल्नु पर्छ मनलाई बाँधी
कति आँखा रुवाएर
आफू ओझेल पर्नु पर्छ
संसारमा जन्मेपछि
एकदिन सबले मर्नु पर्छ
नचाहँदै कति कुरा

धेरै बाटो धेरै घुम्ती
हिंड्नु पर्छ काँडा बिझ्दै
धेरै बाटो धेरै घुम्ती
हिंड्नु पर्छ काँडा बिझ्दै
जिन्दगी यो बितिजान्छ
आखिरमा काँडा झिक्दै
सयौं खोला सयौं जँघार
केही नभनी तर्नु पर्छ
संसारमा जन्मेपछि
एकदिन सबले मर्नु पर्छ
नचाहँदै कति कुरा
सबले स्वीकार गर्नु पर्छ
संसारमा जन्मेपछि
एकदिन सबले मर्नु पर्छ
नचाहँदै कति कुरा

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings