Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Goreto Tyo Gaunko

👤 Prem Dhoj Pradhan 🎼 Prem Dhoj in Paleti, 2010 ⏱️ 4:19
🎵 1103 characters
⏱️ 4:19 duration
🆔 ID: 30551878

📜 Lyrics

गोरेटो त्यो गाउँको लौन आज
खोजी-खोजी थाकेँ नि
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ

एकलासे वनमाझ बिराई बाटो आज
अलमलिएँ लौन म त
आवाज नपाई मायालु तिम्रो
वनदेवी भाकेँ नि
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ

झमक्क पर्यो साँझ, कहाँ बस्ने हो बास
एक्लो भएँ लौन म त
खबर नपाई मायालु तिम्रो
दोधारैमा परेँ नि
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ

गोरेटो त्यो गाउँको लौन आज
खोजी-खोजी थाकेँ नि
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings