Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Samjhanama (Ma Sadhai Haasirahu)

👤 Bartika Eam Rai 🎼 Si Ma Na ⏱️ 4:51
🎵 2258 characters
⏱️ 4:51 duration
🆔 ID: 3077611

📜 Lyrics

सम्झनामा, म सधैँ हाँसिरहू
बाटो छुटेदेखि कस्तो कस्तो संसार
तिमीले एक्लै देख्यौ होला सबैभन्दा टाढा
कति फेरी फेरी यही एउटा जीवन
कति थरी बाच्यौ होला छ कसलाई थाहा
दुखकै कुरा गर्ने हो भने
साँझ हैन धेरै साँझ चाहिन्छ तिमीलाई थाहा छ
झुटो नबोली खुला सत्य बोल्ने हो भने
कति आँसु बग्नेछन् यहाँ तिमीलाई थाहा छ
सम्झनामा म सधैँ हाँसीरहू
सम्झनामा तिमी सधैँ हाँसीरह
अनि ए साथी, भेट भयो
आज कति वर्षपछि ?
माईला दाईको रेडियोमा
सँगै गीत गाईहिड्थे हुने हो म
गायिका भन्दै हिड्थे म
तैँले बुनिदिएको सपना
पछ्याउँदै आईपुगे यहाँसम्म
सपनाको झोला बोकी आकाश चुम्ने
साहस लिँदै ठूलो मान्छे बन्ने हू म भन्दै गाथ्यिस तँ
एकचोटी पनि नफ़र्किकन
उडीहालिस त्यहि ठूलो जहाजमा
सम्झनामा म सधैँ हाँसीरहू
सम्झनामा तिमी सधैँ हाँसीरह
सिकेकै कुरा गर्ने हो भने
यथार्थदेखि रहेछ सोच कति पर
भोगेकै कुरा साट्ने हो भने
कति आँसु बग्नेछन् यहाँ तिमीलाई थाहा छ
सम्झनामा म सधैँ हाँसीरहू
सम्झनामा तिमी सधैँ हाँसी नै रह

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings