Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Baneko Chaa Paharal

👤 Gopal Yonjan 🎼 Gaucha Geet Nepali ⏱️ 3:45
🎵 2133 characters
⏱️ 3:45 duration
🆔 ID: 3130533

📜 Lyrics

बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरोमा जन्मेँ
टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो
म झुक्दै नझुक्ने नेपालको छोरो

खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतिले मेरो लाज् छोपिन्न
खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतिले मेरो लाज् छोपिन्न
घोटिएर हात-पात झरिजाउन औला
तर कोही अगाडि यी हात जोडिन्न
यी हात जोडिन्न

बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे
टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो
म झुक्दै नझुक्ने नेपालको छोरो

म आगो सहन्छु, अन्याय सहन्न
म तृष्णा सहन्छु, तिरश्कार सहन्न
म आगो सहन्छु, अन्याय सहन्न
म तृष्णा सहन्छु, तिरश्कार सहन्न
मेरो सिर उडाउ, बरु त्यो सहन्छु
तर कोई परायाले टेके सहन्न
टेके सहन्न

बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे
टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो
म झुक्दै नझुक्ने नेपालको छोरो

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings