Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Behos

👤 Sushant KC 🎼 Maya Ma (2018 Compilation) ⏱️ 3:39
🎵 2079 characters
⏱️ 3:39 duration
🆔 ID: 3130540

📜 Lyrics

बेहोस भएँ म, बिउँझाऊ है तिमी मलाई
मन खोज्छ बाटो तिमीसँगै हुनलाई
आँखै नहट्ने कस्तो मुहार!
नाचौँ-नाचौँ लाग्छ तिम्लाई देखेर
साँचै हो कि सपनाको संसारबाट
आयौ तिमी मलाई यहाँ सताउन?
मनका सब कुरा खोलिदिन्थेँ म तर
झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
सोच्छु म जे, तिमी पनि सोच्छौ भन न
छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर
जूनतारा तिम्रो अघि के हो र, ए माया?
मन साह्रै लोभी भो तिम्रो आकृतिमा
हाँसिराख, हेरिरहन्छु म
मस्किराख, सुनाइरहन्छु म
साँचै हो कि सपनाको संसारबाट
आयौ तिमी मलाई यहाँ सताउन? ओ
मनका सब कुरा खोलिदिन्थेँ म तर
झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
सोच्छु म जे, तिमी पनि सोच्छौ भन न
छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर
मुटु मेरो चोरेर
आधीबाटोमै छोडेर नजाऊ न, ओ
अदृश्य कुरा देखाऊँ म कसरी?
सक्दिन होला अब त म पनि लुकाउन
त्यसैले बेहोस भएँ म, बिउँझाऊ है तिमी मलाई
मन खोज्छ बाटो तिमीसँगै हुनलाई

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings