Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Nyano Ghar

👤 Arthur Gunn feat. Dibesh Pokharel 🎼 Khoj ⏱️ 4:13
🎵 1695 characters
⏱️ 4:13 duration
🆔 ID: 3130924

📜 Lyrics

लाएको माया भुलाउन गाह्रो छ
थाहा होला तिमीलाई नै
चाहन्छु म धेरै तिमीलाई हिजोझैँ
भोलि पनि त्यसरी नै

बित्यो केही समय हामी टाढिएको
तर याद भने छ अझै
बिहानीको किरणझैँ उदाऊ मेरो जीवनमा
साँचेर राख्नेछु तिमीलाई अनौठो यो मुटुमा
तिमीलाई नै, तिमीलाई नै

उडिदेऊ पन्छीझैँ खुल्ला आकाशमा
म बन्छु तिम्रो न्यानो घर
फुलिदेऊ फूलझैँ आफ्नै बारीमा
तिमी मेरो, म तिम्रो भर

जीवनको रङ्गझैँ छाऊ यो संसारमा
बनाऔँला हामी आफ्नै सहर
बिहानीको किरणझैँ उदाऊ मेरो जीवनमा
साँचेर राख्नेछु तिमीलाई अनौठो यो मुटुमा
तिमीलाई नै, तिमीलाई नै
तिमीलाई नै, तिमीलाई नै

बिहानीको किरणझैँ उदाऊ मेरो जीवनमा
साँचेर राख्नेछु तिमीलाई अनौठो यो मुटुमा
तिमीलाई नै, तिमीलाई नै
तिमीलाई नै, तिमीलाई नै

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings