Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sangai Bachauna

👤 Monkey Temple Nepal 🎼 Monkey Temple Nepal ⏱️ 4:56
🎵 2020 characters
⏱️ 4:56 duration
🆔 ID: 3130992

📜 Lyrics

आज फर्की हेर्दा म धेरै नै पछि परेछु
जीवनको मोडमा म अड्की बसेछु
शून्यतामा अझै मलाई रमाउन देऊ न
तिमी हाँस तर मलाई नरुवाउन

मैले चाहेको दिन सक्छौ भने
मैले मागेको दिन सक्छौ भने

तिमी आऊ न, ओह-ओह-ओह
तिमी आऊ न हामीसँगै
बाचौँ न हामी सँगैसँगै
बाचौँ न हामी सँगैसँगै

आज मेरै मृत्यु कतै मलाई नै पर्खँदै छ
सम्झौता यो किन? जब जीवन यो त्याग्नु नै छ
देखेको पाइन्न रे, लेखेको मात्रै किन?
सत्यलाई अँगालेँ तर सत्य के हो?
बुझ्नै सकिन, बुझ्नै सकिन

जीवन त के हो र? सुस्केरामै बाँचिदिउँला
मरिलानूँ के छ र? सम्झना यो साँचिदिउँला

तिमी आऊ न, ओह-ओह-ओह
तिमी आऊ न हामीसँगै
बाचौँ न हामी सँगैसँगै
बाचौँ न हामी सँगैसँगै
बाचौँ न हामी सँगै

जीवन त के हो र? सुस्केरामै बाँचिदिउँला
मरिलानूँ के छ र? सम्झना यो साँचिदिउँला

तिमी आऊ न, ओह-ओह-ओह
तिमी आऊ न हामीसँगै
बाचौँ न हामी सँगैसँगै
बाचौँ न हामी सँगैसँगै
बाचौँ न हामी सँगै

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings