Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Siri Ma SIri

👤 Narayan Gopal 🎼 manchheko Maya ⏱️ 3:02
🎵 2603 characters
⏱️ 3:02 duration
🆔 ID: 3131009

📜 Lyrics

सिरीमा सिरी नि, कन्छा, बतासै चल्यो
बाबरी फूलको बासन, सुन मेरो निरमाया
मायालु आयो नि, कन्छा, फाल र हान्दै
नबोले पनि हाँस न, सुन मेरो निरमाया

ढुङ्गाको छानो नि, कान्छी, टिनको छानो
नौतले घरको बहासम्म, सुन् मेरी निरमाया
तिम्रो र हाम्रो नि, कान्छी, भेट र घाटैमा
यो मया लैजाऊँ कहाँसम्म? सुन् मेरी निरमाया

उकाली ज्यानको त्यो चिसोपानी गोगनपातले पिउँला
फूल गाँसेर देउतालाई दिउँला, जोबन कल्लाई दिउँला?
बाढीमा आयो नि, कान्छा, मर्स्याङ्दी गङ्गा
वारि है पीपल, पारि वर, सुन मेरो निरमाया
नमरी बाँचे नि, कान्छा, कालले साँचे
त्यो माया लाउँला जनमभर, सुन मेरो निरमाया

दिनै र भरि, घाँसै र काट्यो, कोइरालो र टाँकी
आधी र बैँस, यसै र गयो, आधी रह्यो खाली
घाँसै र काट्यो नि, कान्छी, गोगने डाली
सेपिलो ठाउँमा साप होला, सुन मेरी निरमाया
बोलेर मात्रै नि, कान्छी, के फाइदा हुन्छ?
रिसानी भए माफ होला, सुन मेरी निरमाया

मायालु आयो नि, कन्छा, फाल र हान्दै
नबोले पनि हाँस न, सुन मेरो निरमाया
तिम्रो र हाम्रो नि, कान्छी, भेट र घाटैमा
यो माया लैजाऊँ कहाँसम्म, सुन मेरी निरमाया
सुन् मेरो निरमाया
सुन् मेरी निरमाया
सुन् मेरो निरमाया
सुन् मेरी निरमाया

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings