Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Yeuta Manchheko

👤 Narayan Gopal 🎼 Geetiyatra ⏱️ 5:29
🎵 1953 characters
⏱️ 5:29 duration
🆔 ID: 3131196

📜 Lyrics

एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

शिशिर यामको जाडोमा पनि...
शिशिर यामको जाडोमा पनि फुल्दछ फूल मुस्कानको
अँध्यारो औँसीको रातमा पनि बल्दछ दियो विश्वासको
नयनभरिको आँसुमा पनि...
नयनभरिको आँसुमा पनि बसेको हुन्छ तस्विर त्यो

हृदयभरिको चोटमा पनि लुकेको हुन्छ, मायालु, त्यो
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

बिछोड हुँदाको दु:खमा पनि...
बिछोड हुँदाको दु:खमा पनि भरोसा हुन्छ मिलनको
झगडा हुँदाको बेलामा पनि पत्यार हुन्छ साहाराको
मायालु बिनाको हुँदो हो कति...
मायालु बिनाको हुँदो हो कति उराठलाग्दो संसार यो

पिरतीबिनाको हुँदो हो कति निराश एक्लो सम्झना यो
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings