The Woolen Sweater [Oon ko Sweater]
🎵 1080 characters
⏱️ 2:27 duration
🆔 ID: 6560133
📜 Lyrics
जून हेर्नु तिमी, माथी माथी सगरको
म हेर्छु मेरो जून, तिम्रो नजरको
चिना रेखा केही देखाउन्न, म भाग्य फेरौंला
तिमी बिहान सांझ मेरो, तिम्रै बाटो हेरौंला
फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र?
पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र?
लेकैमा कुहिरो पर्खिरहेछ
सिमसिम सिमसिम हिउंपानी बर्षिरहेछ
तिमी बीना तिमी हुनू, नछोएरै हरदम छुनु
भेटिरहनु नपर्खेर, रूझाईरहनु नबर्सेर
ए बुकीफूल
तिमी जस्तै न्यानो, तिमी जस्तै
शितल ऊनको स्वीटर
म हेर्छु मेरो जून, तिम्रो नजरको
चिना रेखा केही देखाउन्न, म भाग्य फेरौंला
तिमी बिहान सांझ मेरो, तिम्रै बाटो हेरौंला
फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र?
पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र?
लेकैमा कुहिरो पर्खिरहेछ
सिमसिम सिमसिम हिउंपानी बर्षिरहेछ
तिमी बीना तिमी हुनू, नछोएरै हरदम छुनु
भेटिरहनु नपर्खेर, रूझाईरहनु नबर्सेर
ए बुकीफूल
तिमी जस्तै न्यानो, तिमी जस्तै
शितल ऊनको स्वीटर