Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Manaka Kura

👤 Purna Rai 🎼 Manaka kura ⏱️ 3:36
🎵 1378 characters
⏱️ 3:36 duration
🆔 ID: 6589057

📜 Lyrics

नभनेका कुराहरू आज मनमै नराख
मायाका कुरा न हुन्, डराउनूँ किन?

बलले भए बलै पो लाउँथेँ
करले हुने भए करै पो गर्थेँ
मनका कुरा न हो, बुझ्ने कसले?
एकोहोरो माया गरिरहेँ जहिले

भन्नूँ नि के भनूँ? ढुङ्गा टिपी के हानूँ?
मायाका कुरा न हो, आफैले जान्नू
कुरा गरे कुरैको दुःखो
माया गरी मन मेरो फुट्यो

रुनलाई आँखाहरू, चुम्नलाई ओठ
दुखाउनलाई त मन न छँदै छ
नछोड्ने हात अनि नछोड्ने साथ भन्थ्यौ
सम्हाल्न आफूलाई आफै त छँदै छ

नगाएका गीतहरू आज तिम्रै निम्ति छ
मायाका कुरा न हुन्, डराउनूँ किन?

माया जिउँदोमै गाँस ल!
माया जिउँदोमै गाँस ल!
माया जिउँदोमै गाँस ल!

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings