Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Pinjada

👤 satish 🎼 Pinjada ⏱️ 3:18
🎵 1916 characters
⏱️ 3:18 duration
🆔 ID: 6642120

📜 Lyrics

छैन सरम छैन लाज
छैन सरम छैन लाज
मायामा डुबेछु हेर आज
आजको यो गोधुली साँझ फर्की आए तिम्रै माझ
तिम्रो नै गित म गाउँदैछु हेर सुनिदेउ तिमी एक फेर
मायाको डोरिले मलाइ बाँध
छाडि आए सबै काम काज
मेरो मन चरी भए तिम्रो मन पिंजडा
थुनिदेउ मायालु
आँखा छोपि हेर्दा पनि तिमीलाई नै देख्दछु
मन भित्र झाँकी हेर्दा तिम्रै माया पाउँदछु
थामी सकेको मन तिम्ले गर्दा धड्कियो
हिँउदो महिनामा साउने वर्षा वर्षियो
शब्दहरु कोर्दैछु गित एउटा लेख्दैछु
भावनामा खेल्दैछु सपनीमा डुल्दैछु
तिम्रो सामु आउन कति गाह्रो
नजर जुधाउन झनै गाह्रो
तिमी छौ जस्तै फुलेका फुल
शब्दको भण्डार शब्दको मुल
मिर्मिरे बिहानी जुनेली रात
जिन्दगी भरि म दिनेछु साथ
मायाको इशारा देउ एकचोटि
समाइ रहन्छु तिम्रो त्यो हात
छैन सरम छैन लाज
बरि लै बरि लै‘
लै बरि लै बरि
कहाँ जान्छ चरा छोडेर पिंजडा

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings