Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Adhuro Prem

👤 AXIX 🎼 Black and White ⏱️ 4:28
🎵 2374 characters
⏱️ 4:28 duration
🆔 ID: 6721863

📜 Lyrics

एक्लो जीवनमा केवल साथ खोजे थेँ
मनका कुरा सुनाउन तिमीलाई रोजे थेँ
मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा
अनजानमा तिमीलाई बाँध्न पुगेछु

सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन
सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन
सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
अधुरो मेरो प्रेम, अधुरो मेरो प्रेम

चाहन्छु मलाई भन्थ्यौ तिमी पनि
मैले तिमीलाई चाहेको भन्दा बढी
"तर आज त्यो भावना विलिन भयो" भन्छौ
त्यो केवल एउटा भ्रम मात्र थियो

सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन
सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
अधुरो मेरो प्रेम, अधुरो मेरो प्रेम

तिम्रा आँसु रोक्न कति आफै रोएँ
तिम्रो मुस्कान हेरी म आफै रमाउँथे
सोचेको थिएँ तिमीलाई आफ्नो बनाई
मेरा खुसी सारा दिउँला पिडाहरू समाई

सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन
सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन
सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन
अधुरो मेरो प्रेम, अधुरो मेरो प्रेम
अधुरो मेरो प्रेम

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings