Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kalo Keshma Reli Mai

👤 Dinesh Dhakal 🎼 Kalo Keshma Reli Mai ⏱️ 4:09
🎵 2238 characters
⏱️ 4:09 duration
🆔 ID: 7031960

📜 Lyrics

कालो केशमा, रेलिमै, बाँधेको रिबन
तिमीलाई हेर्दै, रेलिमै, बिताउँला जीवन
कालो केशमा, रेलिमै, बाँधेको रिबन
तिमीलाई हेर्दै, रेलिमै, बिताउँला जीवन
असनैको रातो सारी, चारपाङ्ग्रे गाडी
असनैको रातो सारी, चारपाङ्ग्रे गाडी
किनिदिउँला सुनको चुरा बरु रिनै काडी
आहै! बरु रिनै काडी
गाईलाई गोठ, रेलिमै, घोडालाई तबेला
जाला जोबन, रेलिमै, नगर अबेला
चमेलीको तेल, माया, बम्बई जाने रेल
चमेलीको तेल, माया, बम्बई जाने रेल
कहिले हाँसो, कहिले आँसु पिरतीको खेल
आहै! पिरतीको खेल
कालो कौवा, रेलिमै, पिपलु हाँगैमा
झ्याइँ पारूँला, रेलिमै, यही मंसिर, माघैमा
पल्टनको तोप-गोला, मरिजाने चोला
पल्टनको तोप-गोला, मरिजाने चोला
आजै लगाऊँ मायापिरम, भोलि के के होला
आहै! भोलि के के होला
काठको ठेकी, रेलिमै, काठैको मदानी
केलाई भाग्छ्यौ, रेलिमै, जोबनै लिँदा नि?
कालो केशमा, रेलिमै, बाँधेको रिबन
तिमीलाई हेर्दै, रेलिमै, बिताउँला जीवन
तिमीलाई हेर्दै, रेलिमै, बिताउँला जीवन
तिमीलाई हेर्दै, रेलिमै, बिताउँला जीवन

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings