Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Karnali

👤 Dibesh Pokharel, Arthur Gunn 🎼 Khoj ⏱️ 4:30
🎵 1799 characters
⏱️ 4:30 duration
🆔 ID: 7182423

📜 Lyrics

के नै पायौ तिमिले? अन्धकारलाई अपनाएर
मनमा भाको कुराहरु सबै मनभित्रै राखेर
हरायौ आफैमा तिमी, कसलाई खोजी राको छौ?
बिन्ती छ जीवन खेर नफाल, अमुल्य यो समय भो
सबैको साथ तिमी मेरो मुटुको फुल
जीवन नै साची छ चाहन्न तिमिलाई भुल्न

बित्यो है तिम्रो बाल्यकाल आगनीमा खेलेर
जवानी जती मायालाई मायामा नै मरेर
घाउ छ गहिरो बग्यो कर्णाली बेदनाको
देखाउ तिम्रा ब्यथा यसै नी माया त धेरैले लग्यो
सबैको साथ तिमी मेरो मुटुको फुल
जीवन नै साची छ चाहन्न तिमिलाई भुल्न

भन्दै थियौ हिजोको दिन केही समय भो आफैबाट टाढा भएको
जब ती यादहरु आउछन हावा झै, सब क्रोध जती सही भो
यि गोडा हातहरु स्थिर छन यिनका आफ्नै चालमा
राख तिम्रो हात मेरोमा नाचौ हामी आफ्नै तालमा
सबैको साथ तिमी मेरो मुटुको फुल
जीवन नै साची छ चाहन्न तिमिलाई भुल्न

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings