Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Karagar lai Chitthi

👤 Pahenlo Batti Muni - Topic 🎼 null ⏱️ 4:26
🎵 1789 characters
⏱️ 4:26 duration
🆔 ID: 7458863

📜 Lyrics

आत्तिएका पाइलाहरू कुद्छन् सधैँ
भागी हिँड्ने भविष्य त्यो भेटिन्न खै
उन्नाइस साल भित्रै मात्र थुनिराख्यौ मलाई
अब एकछिन बस्दिनँ यहाँ कुवाको भ्यागुता भइ

आँखा छोप, लक्ष्य खोज, यो कस्तो लुकामारी
अंक जीवन नाप्ने साधन भयो तिम्रो लागि
शीतल होइन, अध्याँरो छर्छ तिम्रो छहारी
तिम्रो छहारी, तिम्रो छहारी

तिर्खाएको चरीसरि खोज्छु सधैँ
बादलबीचमा भेटिन्छ कि वर्षा कतै
आखिर एक्लै उड्न पनि सकिएन खै
आँधीले त धकेल्दो रैछ अध्याँरोभित्रै

आँखा छोप, लक्ष्य खोज, यो कस्तो लुकामारी
अंक जीवन नाप्ने साधन भयो तिम्रो लागि
शीतल होइन, अध्याँरो छर्छ तिम्रो छहारी
तिम्रो छहारी, तिम्रो छहारी

तिम्रो प्रश्न, अनि तिम्रै उत्तर?
के यतिमै सीमित छ मेरो जीवन?
तिम्रो प्रश्न, अनि तिम्रै उत्तर?
के यतिमै सीमित छ मेरो जीवन?

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings