Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ravan

👤 Kta Haru 🎼 Galat Nirnaya ⏱️ 3:56
🎵 2351 characters
⏱️ 3:56 duration
🆔 ID: 7850740

📜 Lyrics

ए मेरी काठमाडौँ नगरीकी सीता
तिम्रो रामको नाम सुन्दासुन्दै कान पाकिसक्यो
अनि तिम्रो रामको पारा हेरी दिमागै तातिसक्यो

ए मेरी काठमाडौँ नगरीकी सीता
कति लाग्छेऊ पछि-पछि, त्यही रामेको पछि?
न त सीप न स्वरूप, वनमान्छे जस्तै देखिन्छ
यति राम्री सीता पाको रामलाई पत्तो नै छैन
निष्ठुरी राम भाको सीतालाई अत्तो नै छैन
यति राम्री सीता पाको रामलाई पत्तो नै छैन
निष्ठुरी राम भाको सीतालाई अत्तो नै छैन

ए मेरी काठमाडौँ नगरीकी सीता
निच्च हाँसेर खुबै मायाको कुरा नगर
म त तिम्रो साथी मात्रै, राम आई लिएर जानेछ

लिएर जानेछ तिमीलाई
मेरो आशा माथि आगो लगाई
लिएर जानेछ तिमीलाई
बाँदर-बाँदरको सेना बोलाई

ए मेरी काठमाडौँ नगरीकी सीता
म त हारेँ, हारेँ तिम्रै राम बाबुसित
अब सम्झी बस्ने होइन, बरू राधालाई खोज्न जाने हो
यति राम्री सीता पाको रामलाई पत्तो नै छैन
निष्ठुरी राम भाको सीतालाई अत्तो नै छैन

यति राम्री सीता पाको रामलाई पत्तो नै छैन
निष्ठुरी राम भाको सीतालाई अत्तो नै
सीतालाई अत्तो, सीतालाई अत्तो नै
सीतालाई अत्तो नै छैन...

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings