Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Maya Haaryo Samaaj Jityo

👤 bekcha 🎼 Bhaagi Jaaun ⏱️ 4:19
🎵 2732 characters
⏱️ 4:19 duration
🆔 ID: 9890601

📜 Lyrics

तिम्रै नाम लिइरहेँ
कराइरहेँ, चिच्याइरहेँ
काला बादल पछ्याइरहे
भाग्न पनि सकिन म
आँखाहरू फरफराए
सास पनि मधुरो भो

मुटुले नि बिस्तारै धड्कन बिर्सन थाल्यो
अन्तिम पल्ट तिम्रो तस्वीर आँखा अघि डगमगायो
पीडामा म मुस्कुराएँ
जबरजस्ती आँखाबाट तिम्रो यादलाई बगाएँ
तिम्रो नाम अन्तिम पल्ट लिन लाग्दा सास गुमाएँ

तिमी खुशी रहनू, सधैँ मुस्कुराउनू
तिम्रो गल्ती छैन, जीवन यस्तै रैछ
माया साँचो नै हो, कुरा बुझेकै हो तर
माया हार्यो, समाज जित्यो

उसले मेरो आँखामा हेर्यो
मनमा डर पसे जस्तो
नम्र हुन मुस्कुराएँ
निम्तो ठानी अघि बढ्यो
मेरो शरीर भुइँमा लड्यो
बिस्तारै म निसासिएँ
उसको छाया ममा पर्यो
जताततै शरीर दुख्यो

सारा जीवन मेरो अनि सास मेरो
निर्णय समाजैले लियो
नर्कैमा मलाई फ्याँकिदिए

बोली अनि धम्की बर्से आत्मा अनि शरीरमाथि
सहँदैमा होसै गुम्यो, अन्धकार भयो हावी
बिउँझिँदा देखेँ आफैलाई
बतासैमा तैरिरहेको समाजैको पासो थियो
चिच्याएँ होला, कराएँ होला
बिन्ती पनि बिसाएँ होला, शून्यताले सुनिदियो

आमा, नरुनू है, बुवा, सम्हालिनू
तिम्रो गल्ती छैन, संसार यस्तै रैछ
आत्मा हराएपछि खोजी हुने रैछ
सपना मर्यो, संसार जित्यो

जीवन हार्यो, जात जित्यो
माया हार्यो, समाज जित्यो

⏱️ Synced Lyrics

[00:10.59] तिम्रै नाम लिइरहेँ
[00:15.86] कराइरहेँ, चिच्याइरहेँ
[00:20.95] काला बादल पछ्याइरहे
[00:26.12] भाग्न पनि सकिन म
[00:31.63] आँखाहरू फरफराए
[00:36.87] सास पनि मधुरो भो
[00:41.96] मुटुले नि बिस्तारै धड्कन बिर्सन थाल्यो
[00:52.65] अन्तिम पल्ट तिम्रो तस्वीर आँखा अघि डगमगायो
[01:00.40] पीडामा म मुस्कुराएँ
[01:05.66] जबरजस्ती आँखाबाट तिम्रो यादलाई बगाएँ
[01:16.30] तिम्रो नाम अन्तिम पल्ट लिन लाग्दा सास गुमाएँ
[01:25.99] तिमी खुशी रहनू, सधैँ मुस्कुराउनू
[01:31.26] तिम्रो गल्ती छैन, जीवन यस्तै रैछ
[01:36.48] माया साँचो नै हो, कुरा बुझेकै हो तर
[01:42.97] माया हार्यो, समाज जित्यो
[01:48.47]
[01:58.32] उसले मेरो आँखामा हेर्यो
[02:03.12] मनमा डर पसे जस्तो
[02:08.78] नम्र हुन मुस्कुराएँ
[02:13.96] निम्तो ठानी अघि बढ्यो
[02:19.14] मेरो शरीर भुइँमा लड्यो
[02:24.67] बिस्तारै म निसासिएँ
[02:29.81] उसको छाया ममा पर्यो
[02:35.16] जताततै शरीर दुख्यो
[02:39.39] सारा जीवन मेरो अनि सास मेरो
[02:44.87] निर्णय समाजैले लियो
[02:50.86] नर्कैमा मलाई फ्याँकिदिए
[02:54.18]
[03:01.23] बोली अनि धम्की बर्से आत्मा अनि शरीरमाथि
[03:06.65] सहँदैमा होसै गुम्यो, अन्धकार भयो हावी
[03:12.01] बिउँझिँदा देखेँ आफैलाई
[03:17.18] बतासैमा तैरिरहेको समाजैको पासो थियो
[03:22.34] चिच्याएँ होला, कराएँ होला
[03:25.09] बिन्ती पनि बिसाएँ होला, शून्यताले सुनिदियो
[03:31.93] आमा, नरुनू है, बुवा, सम्हालिनू
[03:37.48] तिम्रो गल्ती छैन, संसार यस्तै रैछ
[03:42.71] आत्मा हराएपछि खोजी हुने रैछ
[03:48.97] सपना मर्यो, संसार जित्यो
[03:59.16] जीवन हार्यो, जात जित्यो
[04:09.56] माया हार्यो, समाज जित्यो
[04:16.93]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings