Euta | Quixotic Dreams | Ankit Babu Adhikari | Manish Basistha | Prashant | Koyal | Jameel | Sharika

Published 14, Aug 2026

Rare Instruments


Description:
Manish Basistha Presents
Euta - Search for impossible

Lyrics: Manish Basistha
Composer: Ankit Babu Adhikari
Performed by: Prashant, Jameel , Koyal , Sharika
Music Arrangement: Shahjad using Band in a box & Logic pro .. NO REAL INSTRUMENTS used .. all samples
Mixing: Ro EX
Mastering: LANDR
Studio: University of San Francisco music room
Video concept &design: MB Creations


Video made by using AI ( Grok)

हुने कुरा त देखि सके सबै
नहुने कुरा देख्न बाँकी छ अझै,
अब त मलाई केवल देख्नू छ…

एउटा अन्धकार दिन,
एउटा उज्यालो रात,
एउटा सुनसान आवाज,
एउटा शून्यको प्रभाव,

एउटा घनघोर उजाड,
एउटा सम्म पहाड,
एउटा भरिएको खाली,
एउटा नबजेको ताली,

एउटा भूईँको आकाश,
एउटा थुनिएको प्रकाश,
एउटा नचल्ने बतास,
एउटा नगरिएको प्रयास,

एउटा समुद्री मरुभूमि,
एउटा नबाँचेको जुनी,
एउटा नकोरिएको चित्र,
एउटा शरल विचित्र ।

एउटा ठिर्याउने आगो,
एउटा नबाँधिएको गाँठो,
एउटा कहीँ नपुग्ने बाटो,
एउटा केही नखुल्ने साँचो,

एउटा नबसेको बस्ती,
एउटा भोलि आउने अस्ति,
एउटा नदेखेको सपना,
एउटा नसोचेको कल्पना,

एउटा नउदाउने रवि,
एउटा नसुनाउने कवि,
एउटा बिना अक्षरको किताब,
एउटा कहिल्यै नमिल्ने हिसाब ।

यो मान्छेको जुनी,
खै के हो कुन्नि,
चित्तै नबुझ्ने,
केहिले नपुग्ने,

सोचिरहेछ अझै,
खोजिरहेछ सधैँ…

एउटा अन्धकार दिन,
एउटा उज्यालो रात,
एउटा सुनसान आवाज,
एउटा शून्यको प्रभाव,

Releted More Videos

  • Sorry!!! Nothing to show

You May Also Like